Wednesday, July 24, 2013

क्याफे वार्ता !

मोटे छुट्टै कलेजमा पढ्छ । चाउरे र रणे भने एउटै कलेज । यिनी तीनका जोडी, मलेवाको जस्तो छ । शरिर सप्पैका सर्लक्क छुट्टिएका सुन्तलाका केस्रा जस्ता । बाँसजस्ता अग्ला छन् । , पातला ।

उधुम मिल्छन् यी । नेताजस्ता थोत्रा टाला हुन् र ! बेला-बेला ध्वार् ध्वार् च्यातिने । जिग्री हुन्, जिग्री । तीन कान्छा जिग्री ।

तीनटै बा'आमाका कान्छा । पुछारमा जन्मेका । बा'ले गल्ति गरे, या आमाले कर गरिन् । खैर, आफ्नै बे'पछि भनौला ।  
मोटे र चाउरे अंग्रेजी बोल्न खत्रा । यी दुइका कुरै नगरम् ! कुइरेको जस्तो टोन निकाल्छ मोटे । च्याउरे पनि कम छैन । चेतन भगत जस्तै अंग्रेजीमा लेख्न खप्पिस ।

'काँबाट आउछ ञी छाउरालाइ ।' - कैलेकाइ रणे उफ्रिन्छ ।

यहि रणे मात्र हो, निर्धो अंग्रेजीमा कार्किबारे काकाको बाथले थलिएको तारे गोरू जस्तो । यो अंग्रेजी बोल्न नजान्ने । कार्कीबारे काकाको तारे गोरू हिड्न नसक्ने । ठ्याक्कै हल मिलेको ।

काकाले तारेलाइ नारेर जोत्न थाले कि मेलो कहिले नसर्ने ? ठ्याक्कै तारेजस्तै रणे, अंग्रेजीमा नारिएर बक्न थाल्यो कि वरपरका कसैले नबुझ्ने, सबै भाग्थे  वाक्य तुरिदासम्म ऊ एक्लै भइसक्थ्यो ।  

चाउरे र रणे भने बेलाबखत उक्साउथेअंग्रेजी शब्दका हिलामा पछार्न तर यिनी मुलालाइ के'था, रणे भित्रभित्रै जुर्मुरिएरको । ईख पालेथ्यो रणेले अंग्रेजी सुधार्न तर नेताहरूको बीचमा सहमति नटुंगिए झैँ यस्को अंग्रेजी कहिल्य सुध्रेको थे'न ।

एकदिन जिस्केर चाउरेले -'यल्लाइ कुइरे बन्न मन लाइ'छ।' भनेको मात्र थियो ।

रणे झोक्कियो- 'साले ! काले',

जति नै अंग्रेजी छाँट्न । तलाइ चै कुइरे भन्छन् । बरू अनुहार हेरेर उल्टै भेले भन्लान् । बाउले तराइकि केटी बे गर्या'थे ?

त्यसदिन केही नबोलि चाउरे काला गाला खुम्चाउँदै मुस्कुराएथ्यो ।....क्रमश,
०००००
यस 'भुराका कुरा' भागहरू आइतबार नियमित ब्लगमा पोष्ट हुनेछ । धन्यवाद !

@ सन्तोष पौडेल - सन्तु

No comments:

Post a Comment